विद्यार्थी भर्नासम्बन्धी सूचना

विद्यार्थी भर्ना सम्बन्धी सूचना :

नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस स्कूलमा नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई ६० प्रतिशत र सर्वसाधारण नागरिकका सन्ततिलाई ४० प्रतिशत सिट अनुपातमा शैक्षिक सत्र २०८० का लागि निम्न बमोजिम भर्ना खुलेको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।

कक्षा नर्सरी र कक्षा एक मा १/१ सेक्सन, एलकेजीमा सीमित सिट भर्ना प्रक्रिया :

* फाराम वितरण र दर्ता: २०७९ फागुन २६ गते शुक्रबारदेखि २०७९ चैत्र १७ गते शुक्रबार कार्यालय समयभित्र ।
* फाराम पाइने र दर्ता गर्ने स्थान : नेपाल पुलिस स्कूल सामाखुसी, काठमाडौँ ।
* प्रवेश परीक्षा हुने मिति र समय: २०७९ चैत्र २२ गते बुधबार बिहान ०८:०० बजे ।
* प्रवेश परीक्षा हुने स्थान : नेपाल पुलिस स्कूल सामाखुसी, काठमाडौँ ।

फाराम दर्ता गर्न चाहिने कागजातहरू :

• जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
• विद्यार्थीको पासपोर्ट साइजको २ प्रति फोटो
• अभिभावकको १ प्रति फोटो (बहालवाला प्रहरी भए युनिफर्म लगाएको)
• पछिल्लो त्रैमासिक परीक्षाको लब्धाङ्कपत्रको प्रतिलिपि
• बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा, नाम, थर, दरबन्दी, सङ्केत नं. र कम्प्युटर कोड नं. खुलेको सिफारिस पत्र अनिवार्य रूपमा पेस गर्नु पर्ने छ ।
• पूर्व प्रहरी कर्मचारी भए पेन्सन पट्टाको प्रतिलिपि ।
• अमर प्रहरीको सन्तति भए परिचय खुल्ने पत्रको प्रतिलिपि ।

थप जानकारीको लागि : फोन नं. : ०१-४९५६१६०, ९८५१२८४२४० Nepal Police School Samakhusi

Leave a Reply

Your email address will not be published. Required fields are marked *